यस्तो छ मंगलबारको मौसम पूर्वानुमान
मौसम पुर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
मंगलबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम–दक्षिण–पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पूर्वी दिशाबाट बहेको) को प्रभाव रहेको छ भने यसका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।
यसैगरी, महाशाखाले हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ ।
यस्तै, महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार मंगलबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भने, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यता, प्रदेश १, बाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको अर्थ राजनीतिक प्रस्ताव : प्रदेश सभा खारेज, स्थानीय तह कटौती (पूर्णपाठ)
-
पुरानो स्टक सकिन लाग्यो, राहदानी छपाइ अब के हुन्छ ?
-
सकियो रास्वपाकाे बन्दसत्र, बालेन र रविले गरे अङ्कमाल (तस्बिरहरू)
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण