बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
सारांश
- राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
- विद्यार्थीहरूले बुधबार भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालय अगाडि र बिहीबार बिहान माइतीघरमा दबाब स्वरूप आन्दोलन गर्ने जानकारी दिएका छन् ।
- नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको र उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन् ।
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
उनीहरुले बुधबार भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालय अगाडि र बिहीबार बिहान माइतीघरमा दबाब स्वरूप आन्दोलन गर्ने जानकारी दिएका छन् । विद्यार्थी रञ्जित कार्कीले बिहीबार बिहान साढे ११ बजे माइतीघरमा कार्यक्रमका लागि अनुमति समेत लिइएको बताए ।
पीसफूल प्रोटेष्ट समूहले बुधबार बिहान साढे ११ बजे परीक्षा नियन्त्रण कार्यालय अगाडि दबाब दिने भन्दै सामाजिक सञ्जाल मार्फत स्पष्ट पारेको छ ।नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको र उत्तरपुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन् ।
उनीहरूले पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन् । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन् ।
बोर्डका अनुसार ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने दुई जनालाई एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पनि नतिजा त्रुटिपूर्ण र गैरजिम्मेवार ढङ्गले सार्वजनिक गरिएको भन्दै बोर्डको ध्यानाकर्षण गराएको थियो।
अध्यक्ष दीपक धामीसहितको टोलीले सोमबार बुझाएको ज्ञापनपत्रमा हतारमा नतिजा प्रकाशन गर्ने नाममा कोडिङ र डिकोडिङमा लापरबाही भएको आशङ्का गरिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण