अमेरिकामा कोरोना भाइरस भ्याक्सिनको परीक्षण जारी
बुधबार, १७ असार २०७७, १४ : ००
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए । उनले अरु ६ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताए ।
अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोविड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी बितरण गर्ने लक्ष्य राखेको छ । यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिएका छन् । उनले भ्याक्सिनका प्रभावकारिता सम्बन्धी विवरणहरु आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने पनि जानकारी दिए । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण