सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु
काठमाडौं – काभ्रे, धुलिखेल नगरपालिका-२ रविओपीस्थित सडकमा बा.४ ख ६३८६ नम्बरको टिपरले बा.३६ प ५०५२ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक धुलिखेल नगरपालिका-२ बस्ने ५३ वर्षीय बेद प्रसाद कोईराला र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय गोबर्धन कोईरालाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका–४ हरैयाचोकस्थित सडकमा ज.३ प ७०४२ नम्बरको मोटरसाइकल नियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको
मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक जनकपुर उपमहानगरपालिका–२० देवपुरा रूपैठा बस्ने २५ वर्षीय बिजय कुमार शर्मा र मोटरसाइकलमा सवार उनकै आमा ४५ वर्षीया धर्मवती देवीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका–१६ बंगरी पुलस्थित सडकमा ना.३ ख ४८९३ नम्बरको ट्रकले ना।२ ह ५०७१ नम्बरको अटोलाई बुधबार राति ठक्कर दिँदा अटो चालक पर्सा वीरगंज महानगरपालिका–२७ बस्ने ३१ वर्षीय कृष्ण महरा चमारको घटनास्थलमै मृत्यु भएको छ ।
हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण