सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन
सुर्खेत – जिल्ला प्रशासन कार्यालय, सुर्खेतले सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । पछिल्लो समयमा सुर्खेत बजार खुला भई नागरिक भीड बढ्दै गएको र तोकिएको सुरक्षा मापदण्डअनुरुप व्यवसाय सञ्चालन नभएको गुनासो आएपछि प्रशासनले मापदण्ड पालना गर्न निर्देशन दिएको हो ।
व्यवसाय सञ्चालन गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य पसल हप्तामा कम्तिमा एक दिन बन्द गर्न व्यवसायीलाई सूचना गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए ।
“व्यवसायीलाई बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल खुला गर्न र मूल्यसूची टाँस्न निर्देशन दिइएको छ”, सूचना अधिकारी लामिछानेले भने, “होटल, रेष्टुराँलगायत खाजा, नास्ता पसलमा होम प्याकबाहेक सैलुन तथा ब्यूटीपार्लरलाई पूर्ण बन्द गर्न सूचना गरिएको छ ।” उनका अनुसार जोर बिजोर प्रणालीबाट यातायात सञ्चालन गर्न अनुमति दिएको प्रशासनले तीन पाङ्ग्रेलाई भने पूर्णरुपले बन्द गर्न निर्देशन दिएको छ ।
फलफूल, तरकारी, दूध, ग्याँस, औषधिलगायत अत्यावश्यकीय पसल भने निर्वाध खोलिने प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा, चालु खर्चमै झन्डै ६० प्रतिशत विनियोजन
-
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ...
-
लागत बढेपछि चपेटामा किसान
-
संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण