ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते
तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् ।
आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षका ललित भुजेलको घटनास्थलमै र ४० वर्षका श्याम मगरको उपचारका लागि फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरीचौकी सक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थानदारले बताए ।
दुर्घटनामा परी घाइते भएका ह्वाकुका देवी अभिषेक डाँगी, इवाका पदम खवास, पदम इङ्नाम, शैलेस मग्रान्ती र युकेश बराइली रहेका छन् ।
मध्यपहाडी लोकमार्गको ड्रेन बनाउने काम सकेर आठराई गाउँपालिका–६ चुहानडाँडाको बोखिमबाट कामदार दाइ इवाको बरबोटे पु¥याउन जाँदा ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको आठराई गाउँपालिका–५ वडासदस्य दिलकुमार कङदङवाले बताए । घाइतेको उपचार र शव परीक्षणका लागि स्वास्थ्य कार्यालय फिदिम पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण