गर्भवती नभएको समयमा पनि किन हुन्छ ‘निप्पल डिस्चार्ज’ ?
एजेन्सी – महिलाहरुमा कहिलेकाँही गर्भवती नभएको समयमा पनि स्तनबाट दूध आउने समस्या देखिन्छ । स्तनमा १५ देखि २० वटा दूध निस्कने छिद्रहरु हुन्छन् । कहिलेकाँही तनाव, हर्मोनमा आउने परिवर्तन साथै अन्य विविध कारणले स्तनको निप्पलबाट पानी वा दूध जस्तो तरल पदार्थ निस्कने गर्छ । तर, गर्भवती नभएको समयमा पनि किन यस्तो हुन्छ ?
कारणहरुः
–एन्ग्जाइटी, डिप्रेशन वा अत्यधिक तनाव
–कपडाको एलर्जी, लामोसमयसम्म एउटै कपडा लगाउनु
–ग्यालेक्टोरिया रोग
–स्तनमा टिश्यु वा फाइब्रोसिस्टिक
–हर्मोनसम्बन्धी औषधिको प्रयोग
–नशाको सेवन
– अन्तस्रावी प्रणालीमा ट्युमर वा इन्फेक्शन हुनु
–मनोपोज वा महिनावारीका कारण हर्मोनमा परिवर्तन हुँनु
निप्पल डिस्चार्जका लक्षणः
–निप्पलबाट दूध जस्तो पर्दार्थ निस्किनु
–स्तनमा अत्यधिक दुखाई हुनु
–गाँठा आउने, स्तन सुनिने र मसिना दानाहरु आउनु
–निप्पलभित्र संकुचन पैदा हुनु
–निप्पलको रङ्ग परिवर्तन हुनु
–स्तन र निप्पल रातो हुनु
–ज्वरो आउनु वा थकान महसुस हुनु
– महिनावारी रोकिनु
–बान्ता हुनु
के गर्ने ?
–बन्दागोभीको दुईवटा पात धोएर चिसो बनाउने र दुवै पातलाई दुवै स्तनमा २ घण्टासम्म राख्ने
–तेजपत्ताको चियाले पनि निप्पल डिस्चार्ज कम हुनसक्छ
– पुदिनाको तेलले मालिश गर्ने
–भिटामिन बी1,बी6, बी12 पाइने खाना खाने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण