ट्रक दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
बिहीबार, २५ असार २०७७, ०८ : २३
निमार्ण सामाग्री बोकेको ट्रक ओखलढुंगामा दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ ।
बिहिबार बिहान सिद्धिचरण नगरपालिका ८ सेतिदेबी भन्ने स्थानमा ट्रक दुर्घटना हुदाँ सवारी चालक दोलखाको जिरी नगरपालिका ४ का अन्दाजी २५ बर्षिय नबराज कार्कीको घट्नास्थलमै मृत्यु भएको हो ।
काठमाण्डौबाट अपार सोलुखोला बेनी हाईड्रो कम्पनीको तारजाली तथा रड बोकेर सोलुखुम्बुतर्फ जादै गरेको बा ३ ख ९६ नम्बरको ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनामा परेको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए ।
ट्रकमा चालक मात्र सवार रहेको बस्नेतको भनाई छ । बिहानको समयमा हुस्सु तथा कुहिरो लागेको र चालक रातभर अनिदो भएका कारणले समेत दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण