मन्त्रिपरिषद् बैठकबाट निस्किएको केहीबेरमै आइभोरी कोस्टका प्रधानमन्त्रीको निधन
बिहीबार, २५ असार २०७७, १३ : ०४
आइभोरी कोस्टका प्रधानमन्त्री अमदोउ गोन कोउलीबेलीको निधन भएको छ । राष्ट्रपति अलेस्येन ओउट्टाराले विज्ञप्ति जारी गर्दै अमदोउको निधनको औपचारिक जानकारी दिएका छन्, उनले आफ्नो देश शोकमा रहेको विज्ञप्तिमा जनाएका छन् । राष्ट्रपति भवनमा मन्त्रिपरिषद्को बैठक सकेर निस्किएको केहीबेरमै बुधबार उनको निधन भएको थियो ।
राष्ट्रपति अलेस्येनले ३० वर्षभन्दा लामो अवधिमा प्रधानमन्त्री अमदोउ आफ्ना नजिकका सहयात्री रहेको बताए । ६१ वर्षीय अमदोउ यसै वर्ष अक्टोबरमा हुने राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ पार्टीबाट उम्मेदवार चयन भएका थिए ।
दुई महिनासम्म उपचारका क्रममा फ्रान्स बसेपछि भर्खरै उनी स्वदेश फर्किएका थिए । ट्वीटरमा राष्ट्रपति अलेस्यनले लेखेका छन्, ‘इमानदारी, समर्पण र देशप्रति माया भएका यी नेताको संझनामा म सलाम गर्छु ।’ अमदोउकी श्रीमती र पाँच छोराछोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
-
गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण