गयो सरिता गिरीको सांसद पद, पद रिक्त
काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (तत्कालीन समाजवादी पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद रिक्त भएको छ । आज एक विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयले सो कुराको जानकारी दिएको हो । केही दिनअघि सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेको भनी सो पार्टीको केन्द्रीय समिति बैठकले उनलाई पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पत्र प्राप्त हुन आएकोले उनको पद रिक्त भएको संसद सचिवाललये विज्ञप्तिमा जनाएको छ ।
जनता समाजवादी पार्टीले सांसद गिरीलाई पार्टीबाट निश्काशन गरिएको सूचनासहितको पत्र संसद सचिवालयलाई पठाएको थियो । राजनीतिक दलसम्बन्धी ऐन बमोजिम आवश्यक प्रक्रिया पुरा गरेको देखिएकोले संविधान बमोजिम गिरीको पद रिक्त भएको संसद सचिवालयका महासचिव डा.भरत गौतमद्वारा जारी सूचनामा जनाइएको छ । गिरीले उक्त पार्टीको सिफारिसमा समानुपातिकतर्फबाट संसदमा प्रतिनिधित्व गरिरहेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण