शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा पनि टिकटकमाथि प्रतिबन्ध लगाउन माग

बिहीबार, २५ असार २०७७, २२ : २७
बिहीबार, २५ असार २०७७

एजेन्सी । विवादमा पर्दै आएको टिकटक एपलाई अष्ट्रेलिया पनि प्रतिबन्ध लगाइनुपर्ने भन्दै आवाज उठाइएको छ ।  अष्ट्रेलियाका सांसदहरुले नै देशभित्र टिकटक प्रतिबन्ध लगाउन माग गरेका हुन् । उनीहरुले टिकटकबाट सूचनाहरुमा खतरा रहेको भन्दै प्रतिबन्ध लगाउनुपर्ने तर्क गरेका थिए । 

यस चिनियाँ एपमार्फत् चीन सरकारले अष्ट्रेलियाका नागरिकहरुको विवरण लिनसक्ने भन्दै उनीहरुले टिकटक प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिएका हुन् ।  अष्ट्रेलियाका उदारवादी सिनेटर जीम मोलानले टिकटकलाई चिनियाँ सरकारले प्रयोग र दुरुपयोग गरिरहेको आरोप लगाए ।

त्यसैगरी लेबर पार्टीका सिनेटर जेन्नी म्याकअलिस्टरले पनि सामाजिक सञ्जाल मार्फत अष्टे«लियाका नागरिकहरुको सूचना बाहिरिनसक्नेतर्फ ध्यानाकर्षण गराए । तर सूचना चोरी भएको आरोपलाई टिकटक एपको कम्पनीले भने कुनै दुरुपयोग हुने सम्भावना नरहेको दावी गरेको छ । कम्पनीले टिकटकमा कुनै विवरण भण्डारण हुने व्यवस्था नरहेको जनाएको छ । 

यसअघि भारत र चीनबीच सीमा विवादका कारण सम्बन्धमा दरारहरु पैदा भएपछि भारतमा टिकटक प्रतिबन्ध गरिएको थियो । भारतमा पछिल्लो समय चिनियाँ सामाग्रीहरुलाई प्रतिबन्ध लगाउने प्रबृत्ति बढेको छ । भारतले टिकटकसहित दर्जनौँ चिनियाँ एपहरुमा प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै भारत सरकारले ती एपहरुमा प्रतिबन्ध लगाएको बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप