खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
काठमाडौं – बन्दाबन्दीका कारण तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना विषाणुबाट बच्ने स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर सवारी सञ्चालन गर्न पाइने मन्त्रिपरिषद्को निर्णय छ ।
बिहीबारको पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले छोटो दूरीका सार्वजनिक सवारी सञ्चालन खुला गरिएको जानकारी दिए । सरकारको निर्णयअनुसार अब काठमाडौँ उपत्यकाबाहेक जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन हुनेछन् । एक जिल्लाबाट अर्को जिल्ला जान भने पाइने छैन । लामो दूरीलाई खुला गरिएको छैन ।
सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा यात्रु चढाउनुपर्ने छ । सिटको एउटा पङ्क्तिमा एक जना मात्र बस्न पाउने छन् । दुवै सिटमा यात्रु राख्न पाइने छैन । यात्रुलाई मास्क अनिवार्य गरिएको छ भने ढोकामा सेनिटाइजर अनिवार्य राख्नुपर्ने छ । चालक र सहचालकले मास्क र पन्जा लगाउनुपर्ने छ । दिनको एकपटक सवारीसाधनलाई निसङ्क्रमण गर्नुपर्ने छ ।
तर यातायात व्यवसायी भने सरकारको निर्णयप्रति अन्योल देखिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले ट्याक्सी र छोटो दूरीको भए पनि खुला गर्नु सकारात्मक भएको तर स्वास्थ्य सावधानीको अवस्था के हुने अन्योल भएको जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण