ओमानबाट १ सय ८० यात्रु लिएर उड्यो सलाम एयर
युएई । ओमानमा अलपत्र परेका १ सय ८० नेपाली कामदार लिएर सलाम एयरको तेस्रो ‘उद्धार’ विमान उडेको छ । मस्कटस्थित नेपाली दूतावासले प्राथमिकतामा राखेका नेपाली कामदारलाई आज सलाम एयरको उडान नम्बर ओभी ४२७ स्थानीय समय अनुसार बिहान ८ः०० बजे उडेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले रातोपाटीलाई बताइन्।
जहाजमा एक शिशु ,२ नाबालक सहित १ सय ४७ पुरुष र ३३ महिला छन्।राजदूत ढकालका अनुसार फर्केनेहरुले रोजगारदाता र कामदार आफैले टिकट काटेर फर्किएको, उनीहरुको पीसीआर परीक्षण गरी फर्काइएको बताइन् ।
सरकारले ओमनबाट स्वदेश फर्कन चार्टर विमान नेपाल एयरलाइन्सको लागि ३ सय ६६ अमेरिकी डलर (झन्डै ४४ हजार रुपैयाँ) र हिमालयन एयरलाइन्सका लागि सरकारले झन्डै ४८ हजार रुपैयाँ भाडा दर तोकेको थियो।
तर ओमन दूतावासले सरकारले तोकेको हवाई भाडादर भन्दा झन्डै ८ हजार रुपैया कम्ति करिब ३६ हजार रुपैयाँमा सलाम एयरलाईन्समार्फत अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काएको हो।
ओमानबाट गत असार १ र ४ गते चार्टर उडान मार्फत ३ सय १३ जना स्वदेश फर्किसकेका छन्। ओमानबाट नेपाल फर्कन चाहने ६ सय ५६ जनाको पहिलो सूचीमा नाम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण