सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ३ हजार ७५५ पुग्यो
कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार ७५५ रहेको छ । महिला ८६७ र पुरुष २ हजार ८८८ रहेको स्वास्थ निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
फेला परेका संक्रमितमध्ये अछाम ५९२, बैतडी २९८, बझाङ्ग १५९,बाजुरा ४४६, डडेल्धुरा२६९, दार्चुला १९, डोटी ५३५, कैलाली ९९४, कंचनपुर ४४३ जना गरी ३ हजार ७५५ रहेका छन् ।
हालसम्म १ हजार २६७ निको भएका छन भने ७ जना संक्रमितको मृत्यु भईसकेको छ । सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट शुक्रबार गरिएको परिक्षण बाट २ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए । कंचनपुरका १ पुरुष , अछामका १ जना पुरुषमा संक्रमण पुस्टी भएको उनले बताए । योसंगै सकृय संक्रमितको संख्या २ हजार ४८१ पुगेको काक्रीको भनाई छ ।
प्रदेशमा हालसम्म २५ हजार ६८० जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २१ हजार ९२५ मा नेगेटिभ आएको उनले बताए ।
८ सय ५७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १७ हजार ६५३ जनामा परिक्षण गरिएको छ ।
क्वारेन्टिनमा ३ हजार ७४३ पुरुष र १ हजार ९१ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १५ र संक्रमित ८० गरी ९५जनाको उपचार भईरहेको छ ।
७१२ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ६, टिकापुरमा ३९, महाकालीमा १८, अछाममा १०, डोटी २, बाजुरा २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भई रहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण