रेखाले बीएमसीका अधिकारीलाई घरभित्र पस्न दिइनन्, कोरोना परीक्षण गर्न पनि मानिनन्
बलिउडकी दिग्गज अभिनेत्री रेखाले बीएमसीका अधिकारीलाई आफ्नो बंगलाभित्र प्रवेश नदिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । केही दिन अघि रेखाका सुरक्षाकर्मीलगायत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई थप उपचारका लागि बीएमसीले कोभिड–१९ बिरामीका लागि प्रदान गर्दै आएको स्थानमा सारिएको छ । रेखाको सी स्प्रिङ्ग्स नामको बंगलालाई कन्टेन्टमेन्ट जोन भनेर सम्बन्धित अधिकारीले सील गरेका छन् ।
पिंकभिल्लाको एक रिपोर्ट अनुसार बीएमसीका अधिकारी रेखाको बंगला पुग्दा रेखाकी म्यानेजर फरहानाले कुरा गरेकी छिन् । त्यसपछि उनले आफ्नो नम्बर दिँदै केही प्रक्रिया गर्नुअघि आफूलाई जानकारी दिन भनिन् । पछि जब फरहानालाई फोन गरियो तब उनले रेखाको स्वास्थ्य स्थिती निकै ठिक भएको र उनी कसैसँगको सम्पर्कमा नआएकोले कोभिड–१९ को परीक्षण गर्न रेखा इच्छुक नभएको जानकारी दिइन् ।
यतिमात्रै होइन, बीएमसीले रेखाको घर स्यानिटाइज गर्नका लागि आफ्नो समूह पठाउँदा पनि उनीहरुलाई बंगलाभित्र प्रवेश गर्न नदिएको बताइएको छ । यसअघि हिन्दुस्तान टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार रेखा बीएमसी अधिकारीमार्फत् आफ्नो कोरोना परीक्षण गर्न चाहन्नन् । उनले आफ्नै तरिकाले परीक्षण गर्ने र रिपोर्ट सम्बन्धित निकायमा पेश गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण