भदौबाट ‘खलनायक–२’ को छायाँकन
काठमाडौं । फिल्म ‘खलनायक–२’को सुटिङ अगामी भदौबाट सुरु हुने भएको छ । निर्माता रोज राणाले सुपरहिट फिल्म ‘खलनायक’को सिक्वेलको रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् ।
कोरोनाको कहरका कारण थलिएको फिल्म क्षेत्रलाई गतिसिल बनाउन आफुले फिल्म ‘खलनायक–२’को सुटिङ भदौबाट गर्न लागेको निर्माता राणाले जानकारी दिए ।
‘अहिले सम्पूर्ण फिल्मकर्मी पहिले कस्ले काम सुरु गर्ला भनेर कुरी बसेका छन्’ राणाले भने ‘अहिलेको अवस्थामा जो कोहीले पनि छायाँकनको आट देखाउन सक्दैनन् । त्यसैले मैले फिल्म छायाँकनको सुरु गर्न लागेको हो ।’
आफूले कामको सुरुवात गरेर अन्य फिल्मकर्मीलाई पनि काम गर्ने आँट प्रदान गर्न छायाँकनमा निस्किन लागेको राणाको भनाइ रहेको छ ।
ऋषि न्यौपानले निर्देशन गरेको ‘खलनायक’को अब बन्ने सिक्वेलको निर्देशकमा ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीले गर्दैछन् । फिल्मको द्धन्द्ध एनबि महर्जनको रहने छ भने लेखन मौनता श्रेष्ठले गरेका छन् ।
अभिनेता राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती र झरना थापाको मुख्य भूमिका रहेको खलनायकको सिक्वेलमा अहिले पुस्ताका कलाकारको अभिनय रहनेछ । कलाकारको जानकारी फिल्म छायाँकन सुरु समयमा दिने राणाले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण