एक देशका दुबै प्रधानमन्त्री कारोनाद्वारा संक्रमित
युगोस्लाविया विभाजन भएपछि सन् १९९० मा बाल्कन प्रायद्वीपको बोस्निया–हर्जेगोविना देश अस्तित्वमा आएको थियो ।
जातीय आधारमा यहाँका दुई सत्ता अस्तित्वमा छन् । एउटा फेडरेशन अफ बोस्निया र हर्जेगोविना र अर्को रिपुब्लिका सप्र्स । यी दुबैको आ–आफ्नै संविधान र आफ्नै प्रधानमन्त्री छन् ।
यद्यपि, अब यहाँ एउटा कुरा समान देखिएको छ । यी दुबै सत्ताका प्रधानमन्त्री कोरोनाभाइरसद्वारा संक्रमित पाइएका छन् ।
बोस्नियाका प्रधानमन्त्री फादिल नोवालिक एक समारोहको क्रममा बिरामी भएका थिए । उनलाई अब अस्पतालमा भर्ना गरिएको छ र सान्जेवोको कोरोनाभाइरस वार्डमा राखिएको छ ।
यस्तै उनका समकक्षी रेपुब्लिका सर्प्सका प्रधानमन्त्री रेडोवन विस्कोविच बुधबार कोरोनाभाइरसको परीक्षणमा पोजेटिभ पाइएका छन् ।
बाल्कन प्रायद्वीपका थुप्रै देशमा पछिल्लो हप्ता कोरोनाभाइरस संक्रमितमा तीब्र वृद्धि देखिएको छ । यसमा बोस्निया पनि समावेश छ ।
जोन्स होपकिन्स युनिभर्सिटीका अनुसार देशमा यतिबेला ७ हजार ४ सय १ संक्रमित छन् भने २ सय ३५ को मृत्यु भएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण