नवलपरासी प्रहरीद्वारा अवैध सामान बरामद
परासी । प्रहरीले नवलपरासीको सिमावर्ती क्षेत्रबाट १ लाख ९० हजार ५ सय मूल्य बराबरको विभिन्न सर–सामान बरामद गरेको छ ।
प्रहरीले सरावल गाउँपालिका ७ भुजहवाँबाट ६ वटा खशी बरामद गरेको हो । भारतबाट भन्सार छली नेपाल ल्याउदै गरेको उक्त ६ वटा खशी गस्तीमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो । बरामद ९० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले पाल्हीनन्दन गाउँपालिका २ बाट ११ बोरा क्यानेडियन मदर बरामद गरेको छ । बरामद मटर ५५ हजार मूल्य बराबर रहेको छ । स्थानीय तस्करहरुले उक्त मटर नेपालबाट भारत भित्र्याउन खोज्दा प्रहरीले बरामद गरेको हो । कारोबारीहरु प्रहरीलाई देखेर फरार भएका थिए ।
त्यसैगरी प्रहरीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट ५३ बोरा युरिया मल पनि बरामद गरेको छ ।
व्यापारीले भारतबाट भन्सार छली घरमा लुकाई राखेको उक्त युरिया मल विशेष सुराकीको आधामार प्रहरीले बरामद गरेको हो ।
बरामद मल ४५ हजार ५ सय मूल्य बराबर रहेको र व्यपारीले मल किसानहरुलाई बढी मूल्यमा बेच्न राखेको प्रहरीले जनाएको छ । बरामद मालसमानहरु आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
-
इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना
-
रास्वपा बाजुरा सभापतिमा जैशी पुनःनिर्वाचित
-
तोडियो संवादहीनता, ‘पीएमको जबाफ’ विपक्षीको बटमलाइन बन्दा खुलेन संसद्
-
सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण