प्युठान दुर्घटना : मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
आइतबार, ०४ साउन २०७७, १६ : ११
शनिवार साँझ प्युठानको स्वर्गद्वारीमा सडक निर्माण कार्यमा खटिएका ७ मजदुको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएकोप्रति प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुःख व्यक्त गरेका छन् ।
उनले आइतबार एक विज्ञप्तिमार्फत दुर्घटनामा परी ७ जना मजदुरको ज्यान गएको खबरले आफू स्तब्ध भएको बताउँदै शोक व्यक्त गरेका हुन् ।
पोखरेलले निरन्तरको वर्षाले पहाडी क्षेत्रका सडकमा जोखिम बढेको भन्दै सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।
स्वर्गद्वारी नगरपालिका वडा नम्वर ३ रुमालेमा गएराति लु २ त ४२३४ नम्वरको ट्याक्टर दुर्घटनामा परी रोल्पाका ७ जनाको ज्यान गएको थियो भने एक जना हामफालेर बाँच्न सफल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण