धितोपत्र बोर्डले तय गर्यो यो वर्ष गरिने ४० काम
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा पुँजी बजारसम्बन्धी ४० वटा काम गर्ने लक्ष्य लिएको छ । नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले यो वर्षको गरेका उपलब्धिको फेहरिस्तसहित आगामी वर्षको कार्ययोजना सार्वजनिक गरेको हो ।
भर्चुअल प्रणालीमार्फत् आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा चार उपशीर्षक अन्तर्गत यी कार्ययोजना समेटिएको बोडएका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । जसमा समग्र बजारको सुधार कानूनी संरचनामा सुधार, संस्थागत तथा नियमन क्षमता सबलीकरण, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणका विषय समावेश गरिएका छन् ।
धितोपत्र बोर्डले तय गरेका ४० काममध्ये बजारको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कायम गर्ने, दुई दिनभित्र कारोबार राफसाफ हुने (टी प्लस टू) कार्यान्वयनमा ल्याउने, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको स्वामित्व संरचना, नेप्सेको क्षमता विकासको लागि विदेशी साझेदार भित्र्याउने, ट्रष्ट ऐन, नेपाल धितोपत्र तथा नियमन बोर्ड ऐन, धितोपत्र कारोबारसम्बन्धी ऐन बनाउने, धितोपत्रको स्वतन्त्र मूल्य निर्धारण गर्ने बुकबिल्डिङ प्रक्रिया लागु गर्ने, बजारमा गैरआवासीय नेपालीलाई प्रवेश गराउने व्यवस्था गर्ने लगायतका कार्यक्रम छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण