सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९६६ पुग्यो
कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार ९६६ पुगेको छ । महिला ९२८ , पुरुष ३ हजार ३८ रहेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।
हालसम्म अछाम ६३७, बैतडी ३००, बझाङ्ग १६६, बाजुरा ४४६, डडेल्धुरा २९०, दार्चुला २०,डोटी ५८३, कैलाली १०६२, कंचनपुर ४६२ जना संक्रमित फेला परेको मिडीया ब्रिफिङ्गमा जनाएको हो ।
हालसम्म २ हजार १२९ निको भएका छन भने ८ जना संक्रमितको मृत्यु भइसकेको छ ।
सोमबार सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट गरिएको परिक्षण बाट १, डडेल्धुरा अस्पातालको प्रयोगशाला बाट ४० जनामा संक्रमणपुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्री ले रातोपाटीलाई जानकारी दिए ।
प्रदेशमा हालसम्म २९ हजार २७१जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २५ हजार ३०५ मा नेगेटिभ आएको उनले बताए ।
१ हजार ६२७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २१ हजार ८०९ जनामा परिक्षण गरिएको छ ।
क्वारेन्टिनमा ४ हजार ८३९ पुरुष र १ हजार ७९१ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५५ गरी ६९ जनाको उपचार भईरहेको छ । ७६८ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।
हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १, टिकापुरमा २१, महाकालीमा १८, अछाममा १०, डोटी २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।
बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखाका प्रमुख काक्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण