मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९६६ पुग्यो

मङ्गलबार, ०६ साउन २०७७, ०९ : ५२
मङ्गलबार, ०६ साउन २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा फेला परेका संक्रमितको संख्या ३ हजार  ९६६ पुगेको छ । महिला ९२८ , पुरुष ३ हजार ३८ रहेको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

हालसम्म अछाम ६३७, बैतडी ३००, बझाङ्ग १६६, बाजुरा ४४६, डडेल्धुरा २९०, दार्चुला २०,डोटी ५८३, कैलाली १०६२, कंचनपुर ४६२ जना संक्रमित फेला परेको मिडीया ब्रिफिङ्गमा जनाएको हो । 

हालसम्म २ हजार १२९ निको भएका छन भने ८ जना संक्रमितको मृत्यु भइसकेको छ । 

सोमबार सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट  गरिएको परिक्षण बाट १, डडेल्धुरा अस्पातालको प्रयोगशाला बाट ४०  जनामा संक्रमणपुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्री ले रातोपाटीलाई जानकारी दिए । 

प्रदेशमा हालसम्म २९ हजार २७१जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २५ हजार ३०५ मा नेगेटिभ आएको उनले बताए ।

१ हजार ६२७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २१ हजार ८०९ जनामा परिक्षण गरिएको छ ।

क्वारेन्टिनमा ४ हजार ८३९ पुरुष र १ हजार ७९१ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५५ गरी ६९ जनाको उपचार भईरहेको छ ।  ७६८ जना भने सामान्य उपचार पछि घर गईसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १, टिकापुरमा २१, महाकालीमा १८, अछाममा १०, डोटी २,   र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखाका प्रमुख काक्रीले जानकारी दिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप