नेकपा स्थायी समिति बैठक सुरु, ओली अनुपस्थित
मङ्गलबार, ०६ साउन २०७७, १३ : ४४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवासमै बैठक सुरु भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने बैठकमा अनुपस्थित रहेका छन् ।
स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री सहभागी नभएपनि उनकै सहमतिमा बैठक सुरु भएको दावी गरे ।
नेकपाभित्रको विवादका कारण यसअघि पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको थियो । प्रधानमन्त्रीको राजीनामाको माग भएपछि नेकपाभित्र विवाद चर्किँदै आएको छ । बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण