आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

अरनव गोस्वामीको लाइभ कार्यक्रममा खाना खाएर भाइरल भएकी नायिकाले दिइन् स्पष्टिकरण

बिहीबार, ०८ साउन २०७७, ०९ : ३०
बिहीबार, ०८ साउन २०७७

साउथ इन्डियन नायिका कस्तुरी शंकरको एउटा रोचक भिडियो भाइरल भइरहेको छ जसबारे सायद उनलाई पनि आशा थिएन कि यो चर्चाको विषय बन्नेछ । वास्तवमा कस्तूरी एक टिभी भ्यानलको लाइभ कार्यक्रममा खाना खाइरहेको देखिएकी थिइन् । उनको यो भिडियो भाइरल भएपछि कतिले उनको यो एटिट्युडको तारिफ गरिरहेका छन् भने कतिले उनलाई ट्रोल पनि गरिरहेका छन् । यो भिडियो सार्वजनिक भएपछि कस्तूरीले ट्वीटरले आफ्नो धारणा राखेकी छिन् ।

कस्तूरीले यसबारे स्पष्टिकरण दिँदै भनिन्, ‘मैले कार्यक्रमका उद्घोषकलाई ६७ मिनेटसम्म बोलिरहेको सुनेँ र एक शब्द पनि नबोली चुपचाप बसिरहेँ । त्यसकारण मैले मेरो सुट हुनुभन्दा अघि खाना खाने निर्णय गरेँ । तर त्यतिबेला मैले स्काइप लग आउट गर्न बिर्सिएको थिएँ ।’ उनले अर्को एउटा कमेन्टमा उनले कसैको पनि भावनामा ठेस् पुर्याउने उद्देश्य नभएको पनि बताए ।

कस्तुरीको यो भिडियो भाइरस भएपछि थुप्रै प्रशंसकको प्रतिक्रिया आइरहेको छ । एक प्रयोगकर्ताले लेखे, ‘म जान्न चाहन्छु कि आखिर यी नायिकाले के खाइरहेकी छिन् ?’ यस्तै, अर्का एक प्रयोगकर्ताले लेखे, ‘यी महिलाले लाइभ डिबेटमा के खाइरहेकी छन् ? उनी त कुनै खाना प्रतियोगितामा हुनु पर्दथ्यो ।’

स्मरण रहोस्, कस्तुरी यो कार्यक्रममा नेपोटिजम र आउटसाइडर्सको विषयमा बलिउडमा चलिरहेको बहसमा डिबेट गर्न पुगेकी थिइन् । सुशान्त सिंह राजपूतको निधन पछि यो बहस निकै बढिरहेको छ र कंगना रनौत पनि लगातार यो मुद्दामा बोलिरहेकी छिन् । साथै यो मामिलामा बलिउड इन्डष्ट्रिका थुप्रै कलाकामाथि निशाना साँधिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप