ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु
शनिबार, १० साउन २०७७, ११ : ५२
बुटवल – रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा ट्रकलाई ओभरटेक गर्दे क्रम मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
तिलोत्तमा नगरपालिका वार्ड नम्बर ५ मणिग्रामचोक निजिकै सिदार्थ राजमार्गमा भैरहवाबाट बुटवल तर्फ जादै गरेको लु २३ प ९२ ०५ नम्बरको मोटरसाईलकले सोही दिशातर्फ जादै गरेको ना ६ ख ३३६६ नम्बरको ट्रकलाई ओभरटेक गर्दा मोटरसाईकल चालक गूल्मी दरवार गाउँपालिका वार्ड नम्बर २ बस्ने २९ को धनवहादुर बस्नेतको मृत्यु भएको छ ।
बस्नेत उपचारक्रंममा क्रिमसन अस्पताल मणिग्राण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडकबहादुर खत्रीले बताए । ट्रक चालक सल्यान जिल्लाको शारदा नगरापलिका वार्ड नम्वर ४ बस्ने ३० बर्षका टंक बुढाथोकी नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण