अमिताभ बच्चन ऐश्वर्या र आराध्या ठिक भएपछि भावुक भए, रोक्न सकेनन् आँसु
बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवार कोभिड–१९ पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भए । तर ऐश्वर्या राय बच्चन र आराध्या बच्चनको परीक्षण नेगेटिभ आएपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको छ । अब ऐश्वर्या र आराध्या घरमा र्न बस्नेछन् जबकि अमिताभ र अभिषेक बच्चन केही दिन थप डाक्टरको निगरानीमा बस्नुपर्नेछ । अभिषेक बच्चनले यसबारे जानकारी दिएका हुन् । यता अमिताभ भने बुहारी र नातिनी ठिक भएपछि भावुक भएका छन् ।
अमिताभले ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो आँसु रोक्न नसकेको जानकारी ट्वीटरमार्फत् दिएका छन् । उनले ऐश्वर्या र आराध्याको तस्बिर पोस्ट गर्दै लेखे, ‘आफ्नी सानी छोरी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँसु रोक्न सकिनँ । प्रभु तिम्रो कृपा अपरम्पार ।’
अमिताभको यो पोस्टमा ९ लाख बढीले लाइक गरिसकेका छन् भने कतिले कमेन्ट गर्दै अमिताभको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
-
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण