सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

खोकना विवादले समस्या देखियो: प्रधानसेनापति थापा

शुक्रबार, १६ साउन २०७७, १७ : ५४
शुक्रबार, १६ साउन २०७७

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले काठमाडौ-तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका छन् । रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताए ।

फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताए । खोकनाको समस्याले गम्भिर बनाएको उनले बताए । उनले भने, ‘‘खोकनाको समस्याले सेना र सरकारलाई गम्भिर बनाएको छ । त्यसको पछाडी जनताको मात्रै समस्या हो की । अरु पनि कारण छन् । ती कारणहरुको पछाडी जानुपर्ने महशुस भएको छ ।’’

थापाले सिंहदरबारभित्र रहेको चण्डीदल गणको उचित वासस्थानको व्यवस्था गर्न पनि आग्रह गरे । देशको प्रशासनिक निकायभित्र रहेको सुरक्षा निकाय कहाँ बस्ने ठेगान नहुँदा अन्य निकायको अवस्था के होला भन्ने तर्फ ध्यान दिन उनले आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप