खोकना विवादले समस्या देखियो: प्रधानसेनापति थापा
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले काठमाडौ-तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका छन् । रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताए ।
फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताए । खोकनाको समस्याले गम्भिर बनाएको उनले बताए । उनले भने, ‘‘खोकनाको समस्याले सेना र सरकारलाई गम्भिर बनाएको छ । त्यसको पछाडी जनताको मात्रै समस्या हो की । अरु पनि कारण छन् । ती कारणहरुको पछाडी जानुपर्ने महशुस भएको छ ।’’
थापाले सिंहदरबारभित्र रहेको चण्डीदल गणको उचित वासस्थानको व्यवस्था गर्न पनि आग्रह गरे । देशको प्रशासनिक निकायभित्र रहेको सुरक्षा निकाय कहाँ बस्ने ठेगान नहुँदा अन्य निकायको अवस्था के होला भन्ने तर्फ ध्यान दिन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण