रौतहटमा लाखौं चोरी गर्ने गिरोहका २ जना पक्राउ
रौतहट । रौतहटको पश्चिमी भेगमा लामो समयदेखि संगठित चोरीको घटनामा संलग्न गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय विजयपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । फतुुवा विजयपुर ९ का रुपनारायण चौधरीका छोरा ३० वर्षीय अरुण चौधरी र सोही ठाँउका रामवृक्ष चौधरीको छोरा २२ वर्षीय सञ्जयकुमार चौधरी पक्राउ परेका हुन् ।
उनीहरुमाथि सिंगो ट्याक्टरदेखि पसलको सटर फोडेर लाखौंको सामान चोरी गरेको आरोप लागेको छ । सञ्जयकुमार चौधरी र अरुण चौधरीमाथि चोरी तथा डाका कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट १० दिनको म्याद समेत थमाइसकिएको इन्स्पेक्टर चन्द्रकिशोर साहले जानकारी दिएका छन् ।
उनीहरुले असार ६ गते राती विजयपुर बजारमा रहेको मुकेश एलेक्टेनिक्स पसलको सटरको ताला फोडेर विभिन्न कम्पनीको मोबाईल, एलसिडि टिभी तथा नगद गरी ४ लाख ३५ हजार बराबरको धनमाल चारेर लगेको प्रहरीले जनाएको छ ।
त्यस्तै उनीहरुले स्थानीय विनोद साह कलवारको घर अगाडि पार्किङमा राखिएको ना ५ त ४७१० नम्बरको सोनालिका ट्याक्टर साउन ८ गते राती चोर्न खोजेपछि गस्तीमा रहेको प्रहरी र ट्याक्टर धनी विनोद साहले होहल्ला गर्दा छोडेर भागेको जनाइएको छ ।
ट्याक्टर चोरी भएको नजिकैको आईएई बंैकको सिसिटिभी क्यामेराको फुुटेजको आधारमा छानबिन गर्दै जाँदा सञ्जयकुमार चौधरीलाई गत शनिवार पक्राउ गरेको इन्स्पेक्टर साहले जानकारी दिए । उनकै बयानको आधारमा अरुण चौधरीलाई पक्राउ गरिएको हो । अरुणले घटना स्वीकार गरेपछि थप अनुसन्धान प्रकृया अगाडी बढाइएको र चोरीको घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण