पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा र पत्रकार सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिएअनुसार सोमबार अबेर राती संक्रमण पुष्टि भएका ३४ मा वीरगन्ज ब्यारेकका २८ देखि ३४ बर्षका ३ जना नेपाली सेना, पर्सा वीरगन्जका २२ बर्षका १ जना पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा कक्षमा रहेका २० बर्षका १ जना थुनुवा र ब्योध्या अस्पताल र नेशनल मेडिकल कलेजका १÷१ जना डाक्टर रहेको मेसु उपाध्यायले जानकारी दिए ।
त्यसैगरी वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २१ बर्ष ५६ बर्षका १५ जना,स्वेच्छाले पैसा तिरेर जाँच गराएका ३६ बर्ष ४९ बर्षका ५ जना, पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर २ का १ जना पुरुष र २ जना महिला रहेका छन् भने पर्सा जिल्लाको सेढवाका २२ बर्षका १ जना युवा रहेको मेसु उपाध्यायले जानकारी दिए ।
त्यसैगरी बारा जिल्ला कलैयाका २९ बर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाँयपालिका वडा नम्बर ४ का २८ बर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलगंवा वडा नम्बर ८ का ४८ बर्षका १ जना पुरुष रहेको मेसु उपाध्यायले जानकारी दिए ।
साउन १४ गते देखि १८ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ३४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा.उदय नारायण सिंहले जानकारी दिए । पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ जना पुगेको नारायणी अस्पतालका डा. सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण