बम विस्फोट गराउने अभियुक्त ९ वर्षपछि पक्राउ
बाँके । सरकारी कार्यालयमा बम विस्फोट गराएर फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ९ वर्षपछि पक्राउ गरेको छ । मालपोत, भूमि सुधार लगायतका कार्यालयमा बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढलाई आज पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार २०६८ मङ्सिर १४ गते भूमिसुधार र मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालतले २०७२ साल माघ १८ गते छ/छ महिना कैद र पाँच/पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
सरकारी कार्यालयबाहेक अन्य विस्फोटका घटनामा पनि उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । २०६८ साल चैत ६ गते साबिक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विस्फोट गराएको घटनामा पनि अदालतले २०७२ साल माघ १८ गते छ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
बाँके प्रहरीले अहिले अदालतको आदेश कार्यान्वयन गराउन फरार अभियुक्तलाई खोजतलास गर्ने अभियान सञ्चालन गरेको छ । सोही अभियानकै क्रममा राढलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रानाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण