सुदूरपश्चिम प्रदेशसभा बैठक २७ दिनपछि शुरु
मङ्गलबार, २० साउन २०७७, १५ : ५५
कैलाली । प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको सुदूरपश्चिम प्रदेशसभा बैठक २७ दिनपछि शुरु भएको छ । प्रतिपक्षी दलले विभिन्न माग राख्दै संसद अवरोध गरेपश्चात अनिश्चितकालका लागि बन्द भएको प्रदेशसभा बैठक २७ दिनपछि आज शुरु भएको हो ।
प्रतिपक्षी दलले पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने र कोरोना नियन्त्रणका लागी गरिएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने माग राख्दै असार १० गतेबाट संसद अवरोध गर्दै आइरहेको थियो । असार २४ गते विरोधका बाबजुद पनि प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७७।०७८ को बजेट पारित गरेको थियो ।
बैठकमा भने प्रतिपक्षी दलले संसद अवरोध गरेका छैन । आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले सदनलाई बन्धक बनाउन उचित नभएको भन्दै सञ्चाल गर्न सहमत भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण