‘भारतमा कोभिड-१९ बाट मृत्यु भएकामध्ये ५० प्रतिशत ६० वर्ष माथिका व्यक्ति’
एजेन्सी । भारतमा कोभिड–१९सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ । मङ्गलबार संघीय स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उक्त कुरा बताइएको हो ।
मन्त्रालयका सचिव राजेश भूषणले तथ्याङ्क सार्वजनिक गर्दै भने, “कोभिड–१९ सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा माथि ६० वा सोभन्दा माथिको उमेर समूहका व्यक्ति रहेका छन् भने ३७ प्रतिशतभन्दा बढी ४५–६० वर्ष उमेर समूहका सङ्क्रमित रहेका छन् । त्यस्तै २६–४४ वर्ष उमेर समूहका ११ प्रतिशत र १८–२५ एक प्रतिशत र १८ वर्ष मुनिका एक प्रतिशत कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।”
“भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार २८६ रहेको र १२ लाख भन्दा बढी मानिस निको भई घर फर्किएका छन्,” सचिव भूषणले बताए । उनले भने, “कोभिड–१९ सङ्क्रमित मृतकहरूमा ६८ प्रतिशत पुरुष र ३२ प्रतिशत महिला बिरामी रहेका छन्, जुन विश्वव्यापी परिदृश्यसँग मिल्दोजुल्दो छ ।”
भारतमा कोभिड–१९ बिरामीहरू निको भएकाको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको र अहिले सक्रिय सङ्क्रमितको तुलनामा यो सङ्ख्या दोब्बर रहेको मन्त्रालयले जनाएको छ ।
भूषणका अनुसार अहिलेको मृत्यु दर पहिलो लकडाउनपछि सबैभन्दा निम्न रहेको छ । भारतमा विगत २४ घण्टामा छ लाख ६० हजार परीक्षण गरिएकोसहित अहिलेसम्म दुई करोडभन्दा बढीको कोभिड–१९ सङ्क्रमण परीक्षणहरू गरिएको छ ।
“भारतमा लकडाउनपछि पहिलो पटक मृत्युदर २।१० प्रतिशत अर्थात् सबैभन्दा कममा झरेको र यसलाई राम्रो सङ्केतका रूपमा मन्त्रालयले लिएको छ,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण