कपनको केयर बालगृहबाट ११ बालबालिकाको उद्दार
काठमाडौं । ‘शिशु चउरमा भेटियो’ भनेर झुटो प्रचार गर्ने पुष्पा अधिकारीले सञ्चालन गरेको केयर बालगृहबाट ११ बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुधवार बुढानिलकण्ठ नगरपालिकामा रहेको सो बालगृहबाट बालवालिकाको उद्धार गरेको हो ।
सञ्चालिका अधिकारीमाथि महानरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । सञ्चालिका अनुसन्धानको दायरामा आएपछि त्यहाँ बस्ने बालवालिकाको केयर नहुने हुनाले त्यहाँ राखिएका बालबालिकाको उद्धार गरिएको बताइएको छ । उद्धार गरिएका बालबालिकालाई सररकारको अस्थायी संरक्षणमा राखिएको बालबालिका खोजतलास समन्वय केन्द्रका डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानिलकण्ठ नगरपालिकासँगको समन्वयमा ११ बालबालिकाको उद्धार गरेको जनाएको छ । ‘शिशु चउर भटियो’ भनेर पुष्पाले प्रचार गरेपछि विदेशबाट सहयोग जुटेको थियो । तर, खाडी मुलुकबाट फर्केकी एक महिलाले अस्पतालमा शिशु जन्माएर पालन पोषणका लागि केयर बालगृहमा जिम्मा लगाएकी थिइन् । पुष्पाले ‘बेवारिसे देखाउनुपर्ने’ कानुनी अड्चनका कारण सो नाटक गर्नुपरेको प्रहरीलाई बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण