आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कपनको केयर बालगृहबाट ११ बालबालिकाको उद्दार

बुधबार, २१ साउन २०७७, १७ : ४८
बुधबार, २१ साउन २०७७

काठमाडौं । ‘शिशु चउरमा भेटियो’ भनेर झुटो प्रचार गर्ने पुष्पा अधिकारीले सञ्चालन गरेको केयर बालगृहबाट ११ बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुधवार बुढानिलकण्ठ नगरपालिकामा रहेको सो बालगृहबाट बालवालिकाको उद्धार गरेको हो ।

सञ्चालिका अधिकारीमाथि महानरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । सञ्चालिका अनुसन्धानको दायरामा आएपछि त्यहाँ बस्ने बालवालिकाको केयर नहुने हुनाले त्यहाँ राखिएका बालबालिकाको उद्धार गरिएको बताइएको छ । उद्धार गरिएका बालबालिकालाई  सररकारको अस्थायी संरक्षणमा राखिएको बालबालिका खोजतलास समन्वय केन्द्रका डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानिलकण्ठ नगरपालिकासँगको समन्वयमा ११ बालबालिकाको उद्धार गरेको जनाएको छ । ‘शिशु चउर भटियो’ भनेर पुष्पाले प्रचार गरेपछि विदेशबाट सहयोग जुटेको थियो । तर, खाडी मुलुकबाट फर्केकी एक महिलाले अस्पतालमा शिशु जन्माएर पालन पोषणका लागि केयर बालगृहमा जिम्मा लगाएकी थिइन् । पुष्पाले ‘बेवारिसे देखाउनुपर्ने’ कानुनी अड्चनका कारण सो नाटक गर्नुपरेको प्रहरीलाई बताएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप