भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
सारांश
- भक्तपुर नगरपालिका वडा नम्बर-१ स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर १८ वर्षीया सलिना श्रेष्ठको मृत्यु भएको छ ।
- दोलखा घर भई चाँगुनारायण नगरपालिका-९ मा बस्दै आएकी सलिना साथीहरूसँग गेस्ट हाउसमा गएकी थिइन् ।
- प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ र सलिनासँगै गेस्ट हाउसमा गएका चार जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर–१ स्थित लुम्बिनी गेस्ट हाउसबाट खसेर एकजना किशोरीको मृत्यु भएको छ । सोमबार १८ वर्षीया सलिना श्रेष्ठ गेस्ट हाउसबाट खसेकी हुन् ।
दोलखा घर भएर चाँगुनारायण नगरपालिका वडा नम्बर–९ मा बस्दै आएकी सलिना आफ्ना सथिहरुसँग गेस्ट हाउसमा गएकी थिइन् । उनको शव पोष्टमार्टमका लागी दुवाकोट स्थित केएमसी अस्पतालमा पठाइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपक कुमार कार्कीले रातोपाटीलाई बताए । सलिनासँगै गेष्टहाउमा गएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानको लागि दुईजना महिला र दुईजना पुरुषलाई नियन्त्रणमा लिइएको एसपी कार्कीले बताए ।
सलिना आफैँ गेस्टहाउसबाट खसेकी हुन् वा धकेलेर लडाइएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरूमाथि प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण