जनकपुरधाम उपमहानगरपालिकाका २ कर्मचारीसहित ४ जनामा कोरोना संक्रमण
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका २ कर्मचारीसहित ४ जनाको कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको छ । प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणपछि उनीहरुको रिजल्ट पोजेटिभ आएको जनकपुरधाम उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश रायले बताए । ४ जनामध्ये २ जना नगरप्रमुखका परिवारका सदस्य हुन् ।
संक्रमितहरु जनकपुरधाम उपमहानगर अन्तर्गतको पर्यटन शाखा र प्रशासन शाखामा कार्यरत २४ तथा ४४ वर्षीय कार्यालय सहयोगी रहेको उनले बताए । उपमहानगरमा कार्यरत दुवैजना कर्मचारी संक्रमित भएपछि सबै कर्मचारीको स्वाब संकलन गरि तत्काल पीसीआर परीक्षण हुने रायले जानकारी दिए ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहका छोरी र ज्वाईमा समेत कोरोना रिपोर्ट पोजेटिभ आएको उपमहानगरले जनाएको छ ।सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ को तथ्याँकअनुसार धनुषामा ६ हजार ४ सय ६९ जनाको पीसीआर परीक्षण गरिएकोमा ७ सय ४१ जना कोरोना संक्रमित भएका छन् भने अहिलेसम्म १ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण