प्रदेश १ मा थप १८ जनामा कोरोना सङ्क्रमण
मोरङ । प्रदेश नं. १ मा आज १८ जना सङ्क्रमित थपिएका छन् । ६१६ जनामा गरिएको पीसीआर परीक्षणबाट आज आएको नजिजाअनुसार पाँच महिलासहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १४, इलाममा दुई, उदयपुर र सुनसरीमा एकरएक जनामा सङ्क्रमण देखिएको छ ।
मोरङको विराटनगरमा चार महिलासहित १०, सुनबर्षीमा तीन र धनपालथानमा एक, इलामको इलाम नगरपालिका र सूर्योदयमा एकरएक, उदयपुरको त्रियुगामा एक महिला र सुनसरीको धरानमा एक जनामा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङख्या एक हजार १८९ पुगेको छ ।
प्रदेशमा ९० वर्षीया वृद्धासहित ५७ जना आज निको भई घरफर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट २१ जना सङ्क्रमण निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।
सामाजिक विकामन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डा.चुमनलाल दास र स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख ज्ञानबहादुर बस्नेतले विराटनगर केन्द्रबाट आज निको भई घरफर्कनेहरुलाई बिदाइ गरेका थिए । निको भई घर फर्कने पूर्वसङ्क्रमितहरुमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका छ–छ, धनकुटा, उदयपुर र ते¥हथुमका एकरएक जना रहेका छन् । प्रदेशमा निको हुने सङ्क्रमितको सङ्ख्या ८८७ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित
-
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’
-
इन्स्पेक्टरलाई ‘सचेत’ गराउने निर्णय, पैसा लिएको जवानले स्वीकारेनन्
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न