कार दुर्घटनामा तीन जनाको मृत्यु
शनिबार, २४ साउन २०७७, ०८ : २८
बुटवल – कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार लु २ च ६७५६ नं.को कार रुपन्देही रोहिणी गाउँपालिका–४ छिपागडस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई सडकबाट १० मिटर तल पल्टिँदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चार जनालाई लागी भिम अस्पताल भैरहवा लगिएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो। मृत्युहुने तीन जनामध्ये एक जनाको मात्र पहिचान खुलेको छ।
दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका– ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन। अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ। घाइते रुपन्देही सिद्धार्थ नगरपालिका– ४ का ३० वर्षीय अनिल यादव रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण