बाहुबलीका भल्लालदेवले गरे विवाह, सबै पाहुनाको गरियो कोरोना परीक्षण
बाहुबली फेम भल्लालदेव अर्थात् राण दग्गुबतीले मिहिका बजाजसँग विवाह गरेका छन् । शनिबार उनीहरुको विवाह समारोह रामानायडू स्टुडियोमा पूरा भयो । यो विवाह समारोहमा उनीहरुका परिवारका सदस्य, केही आफन्त, साथीहरु र फिल्म इन्डष्ट्रिसँग जोडिएका व्यक्तित्व समावेश थिए । समान्था अक्किनेनी नागा चैतन्य, राम चरण र अलु अर्जुन विवाह समारोहमा उपस्थित भएर राणा र मिहिकालाई बधाई दिए ।
राम चरणले इन्स्टाग्राममा राणालाई बधाई दिँदै लेखेका थिए, ‘अन्ततः मेरो हल्कले विवाह गर्यो । राणा दग्गुबती र मिहिका बजाजको विवाह सधैं सुखमय बितोस् ।’
कोभिड–१९ को प्रोटोकललाई ध्यानमा राखियोः
विवाहको क्रममा कोरोनाको प्रोटोकललाई ध्यानमा राख्दै विवाह स्थलमा स्यानिटाइजर र डिसइन्फेक्टेन्ट टनल्स राखिएका थिए । सामाजिक दुरीको पालना पनि गरियो । उनीहरुको विवाहमा ३० भन्दा कम व्यक्तिको उपस्थिती रह्यो र सबैको विवाह स्थल प्रवेश गर्नुअघि कोभिड–१९ परीक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
-
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण