पहिरो पीडितलाई तत्काल राहत र पुनर्वासको व्यवस्था मिलाउन मन्त्री गुरुङको निर्देशन
दोलखा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाका बाढी/पहिरो पीडितलाई राहत तथा पुनर्वासका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । जिल्लाको उत्तरी क्षेत्रस्थित टुनिटार, गुरुम्फीका बाढी, पहिरो पीडितहरुलाई भेटेर मन्त्री गुरुङले जिल्ला दैवीप्रकोप समिति र स्थानीय तहलाई सो निर्देशन दिएका हुन् ।
मन्त्री गुरुङकै पहलमा रेडक्रस लगायतका सामाजिक संघ, संस्थाहरुले पीडितका लागि राहत सामग्री पठाउने क्रम सुरु गरेकाले आईतबारबाट वितरणको काम पनि सुरु गर्न लागिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिए ।
गत साउन २२ गते रातिको वर्षाका कारण आएको बाढि र पहिरोमा परी गौरीशंकर गाउँपालिका वडा नम्बर ५, ६ र ८ मा दर्जनौ घर परिवार विस्थापित भएपछि उनीहरुलाई राहत तथा पुनर्वासको तत्काल व्यवस्था गर्न मन्त्री गुरुङले निर्देशन दिए । सो ठाउँ मन्त्री गुरुङको आफ्नै जन्मथलो समेत हो । जिल्ला दैवीप्रकोप समिति तथा त्यहाँका सबै स्थानीय तहका प्रमुखहरुसहित प्रभावित क्षेत्रमा पुगेका उनले बाढी, पहिरो प्रभावित टुनिटार, गुरुम्फीमा पीडितलाई सान्त्वना दिएका थिए । त्यस क्रममा मन्त्री गुरुङले जोखिममा रहेकाहरुलाई सुरक्षित स्थानमा गएर बस्न पनि आग्रह गरे ।
मन्त्री गुरुङको टोलीमा बागमती प्रदेशकी सांसद सरस्वती बस्नेत, भिमेश्वर नगरपालिकाका मेयर भरत केसीसहित स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, पत्रकारहरुलगायत सहभागी भएका थिए । सो बाढी र पहिरोमा परी कालिञ्चोक गाउँपालिका वडा नम्बर ८, सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटीको ज्यानगएको थियो भने ठूलै धनमालको क्षति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण