धनुषामा कोरोनासँग मिल्दो लक्षण देखिएका २ जनाको मृत्यु
धनुषा । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता छन् । धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
प्रजिअ भट्टराईकाअनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब सङ्कलन गर्ने काम भइरहेको छ । बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए । त्यसैगरी धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय नेपाली काँग्रेसका नेताको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब सङ्कलन गर्ने काम भइरहेको प्रजिअ भट्टराईले जानकारी दिए ।
धनुषामा यसअघि एक जनाको कोरोना सङ्क्रमित भएर मृत्यु भइसकेको छ । दुई साताअघि शहीद नगरपालिका–८ का ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणले मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण