बलात्कार मुद्दाका फरार पक्राउ
आइतबार, २५ साउन २०७७, १६ : ४८
काठमाडौं । बलात्कार मुद्दामा अदालतको फैसलापछि भागेका कैलाली गौरीगंगा नगरापलिका–३ का अर्जुन चौधरीलाई प्रहरीले पक्रेको छ । ०७२ भदौ १३ मा साँझपख ३ वर्षीया बालिकालाई उनले बलात्कार गरेका थिए । जिल्ला अदालत कैलालीले ०७३ जेठमा उनलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ९ बर्ष ३ महिना कैद र २५ हजार जरिवाना हुने फैसला गरेको छ ।
जबर्जस्ती करणी गरेको २ दिनपछि पक्राउ परेका चौधरी अदालतको सुरुवाती फैसलापछि धरौटीमा रिहा भए । अन्तिम फैसलामा अदालतले जेल सजायको निर्णय सुनाएपछि उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर हिक्मतबहादुर थापाले जानकारी दिए ।
राती घरमा सुतिरहेकी बालिकालाई उनले गौरीगंगा नगरपालिका–३ स्थित शिव नदीको किनारमा रहेको नर्सरी जंगलमा लगेर बलात्कार गरेका थिए । बलात्कृत बालिकालाई प्रहरीले अर्धचेत अवस्थामा उद्दार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण