सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ३५
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सकृय संक्रमितको संख्या ७ सय ३५ पुगेको छ । संक्रमण दरभन्दा निको हुनेको संख्या बढेर जाँदा कोरोना संक्रमितको संख्या ७ सय ३५ पुगेको हो ।
सकृय संक्रमितमध्ये अछामका ५०, बैतडीका १७, बझाङ्गका १७४, दार्चुलाका २५, बाजुराका १५, डडेल्धुराका ५ जना छन् । त्यसैगरी डोटीका १६७, कैलालीका २३५, कञ्चनपुरका ४७, रहेको स्वास्थ्य निर्देशनालय डोटीले आइतबार जानकारी गराएको छ ।
आइतबार मात्र निको भई घर जानेको संख्या ९ र बिभिन्न मितिमा निको भएको तर अपडेट नगरिएका ७५ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
उनले आईतबार नै सेती प्रादेशिक धनगढीबाट गरिएको परिक्षणमा ५ र डडेल्धुरा अस्पतालबाट गरिएको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
यो प्रदेशमा हालसम्म निको हुने संख्या ४ हजार ४० छ भने मृत्यु ९ रहेको छ ।
प्रदेशमा ४० हजार ३५२ जनाको पीसीआर बिधिबाट जाँच गरिएको छ । जसमा ३५ हजार ५६८ मा नेगेटिभ आएको छ । १ हजार ३२९ को रिपोर्ट आउन बाँकी छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनामा परीक्षण गरिएकामध्ये १० हजार १९२ को पोजेटिभ छ भने १ लाख १४ हजार ४९८ मा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।
प्रदेशका विभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ७४ गरी ८८ जनाको उपचार भईरहेको छ । ८७४ जना सामान्य उपचारपछि घर गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण