एनआरएन इन्फास्ट्रक्चरको शेयर बाँडफाँट, ३ लाख २० हजारले पाए शेयर
काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सो आईपीओको बिक्री प्रबन्धकको रुपमा रहेको सानिमा क्यापिटलले मंगलबार बिहान शेयरको बाँडफाँट गरेको हो । त्यसअनुसार ३ लाख २० हजार आवेदकलाई १०/१० कित्ता शेयर वितरण गरिएको छ ।
एनआरएनले निष्कासन गरेको ३३ लाख ९८ हजार ४६ कित्ता शेयरमध्ये ३१ लाख ६० हजार १ सय ८३ कित्ता सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याइएको थियो । तर संस्थाका कर्मचारीहरुले सो शेयरका लागि उल्लेख्य आवेदन नदिएपछि त्यो शेयर समेत सर्वसाधारणलाई नै बाँडिएको हो । त्यसो हुँदा कुल ३२ लाख ६ हजार १ सय ४० कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार कम्तिमा १० कित्ता शेयर बाँडफाँट गर्नुपर्ने भएपछि यो शेयर ३ लाख २० हजार ६ सय १४ जनाले मात्रै उक्त शेयर पाएका छन् ।
उक्त शेयरका लागि ४ लाख २८ हजारले आवेदन दिएकोमा ४ लाख १७ हजार ९ सय जनाको आवेदन स्वीकृत गरिएको थियो । यसो हुँदा करिब ९७ हजार आवेदक शेयर पाउनबाट बञ्चित भएका छन् । शेयर बाँडफाँट भएसँगै अब सो कम्पनीको शेयर दोस्रो बजारमा सूचीकरण र कारोबार प्रक्रियामा जानेछ । सो कम्पनीको पहिलो कारोबार १ सय ३ रुपैयाँदेखि २ सय ६ रुपैयाँको बीचमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण