भुटानमा पनि लकडाउन घोषणा
एजेन्सी । कोरोना भाइरस महामारीबाट बच्न भुटान सरकारले पनि लकडाउन घोषणा गरेको छ । विदेशबाट राजधानी थिम्पु फर्किएकी एक महिलामा कोरोना पोजेटिभ पाइएलगत्तै सरकारले लकडाउन घोषणा गरेको हो ।
स्थानीय प्रशासनका अनुसार ती महिला इराकको कुवैत शहरबाट थिम्पु पुगेकी थिइन् । उनलाई क्वारेन्टाइनबाट भर्खरै डिस्चार्ज गरिएको थियो । त्यसलगत्तै उनले राजधानी थिम्पुमा थुपै्र आफन्तहरुलाई भेटेकी थिइन् । क्वारेन्टाइनमा गरिएको स्वास्थ्य परीक्षणमा नतिजा नेगेटिभ देखिएपनि एउटा निजी क्लििनकमा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
यो गल्तीले राजधानी थिम्पुमा तिव्र गतिमा कोरोना संक्रमणका केसहरु बढ्न सक्ने भन्दै स्थानीय प्रशासन चिन्तित देखिएको छ । त्यसैले लकडाउन विकल्प छनौट गरिएको हो । दक्षिण एसियाली मुलुकहरुमा भुटानमा कोरोनाको प्रभाव त्यति परेको थिएन र संक्रमणबाट कसैको मृत्यु भएको छैन । त्यहाँ संक्रमितहरु पनि त्यति धेरै देखिएका छैनन् । लकडाउनपछि अब त्यहाँ सवारी साधनमा प्रतिबन्ध लाग्नेछ भने आवतजावतमा समेत प्रतिबन्ध लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण