मानुषी लघुवित्त वित्तीय संस्थाको आइपिओ विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १००(एक सय रुपैयाँ मात्र) दरका ३,००,००० कित्ता शेयर बराबर रु.३,००,००,०००(तीन करोड रुपैयाँ मात्र) साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।
साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड नियुक्त भएको छ ।
मानुषी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सानो गौचरण, काठमाडौंमा आज आयोजित एक समारोह बीच नेपाल एसबिआई मर्चेण्टका प्रबन्ध संचालक तथाप्र मुखकार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल एसबिआई मर्चेण्ट नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय वायुसेनाको प्रदर्शनका क्रममा गर्मीले ५ जनाको मृत्यु
-
ज्योति विकास बैंकका ग्राहकहरूलाई नि:शुल्क फन्ड ट्रान्सफर सुविधा
-
बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति
-
नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा छ : प्रचण्ड
-
सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव
-
आफ्नै गीतमा राजेश पायललाई कपिराइट !