वर्षमान पुनको प्रश्न : प्रविधिमैत्री निर्वाचनमा ‘ह्याकिङ’ र ‘प्रोग्रामिङ’ को जोखिम कसरी रोक्न सकिन्छ ?
सारांश
- सांसद वर्षमान पुनले प्रविधिमैत्री निर्वाचनको विश्वसनीयता र 'नो भोट' को संवैधानिक जटिलताबारे प्रश्न उठाएका छन् ।
- उनले अनलाइन वा विद्युतीय मतदानमा प्रोग्रामिङ गरी नतिजा प्रभावित पार्न सक्ने जोखिमबारे चिन्ता व्यक्त गरेका छन् ।
- पुनले विदेशमा रहेका नेपालीलाई सङ्घीय निर्वाचनमा मात्र नभई तल्लो तहसम्मै मतदानको अवसर दिनुपर्ने धारणा राखेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिकीकरण गर्नु अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।
प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संसदीय सुनुवाइका क्रममा मंगलबार बोल्दै सांसद पुनले प्रविधिमैत्री निर्वाचनको विश्वसनीयता र ‘नो भोट’ को संवैधानिक जटिलताबारे गम्भीर प्रश्नहरू उठाएका हुन् ।
प्रस्तावित आयुक्त सुब्बा सूचना प्रविधि विज्ञ भएको सन्दर्भमा पुनले अनलाइन वा विद्युतीय मतदानको सुरक्षामा चासो देखाए । ‘हामी प्रविधिमैत्री निर्वाचनमा जानैपर्ने अवस्था छ, तर यसलाई कसरी विश्वासयोग्य बनाउने ? अनलाइन निर्वाचनमा पहिला नै प्रोग्रामिङ गरेर नतिजा प्रभावित पार्न सक्ने जोखिम हुन्छ, यस्तो अवस्थामा प्रविधिलाई सर्वसाधारणले पत्याउने गरी कसरी लागू गर्न सकिन्छ ?,’ पुनले भने ।
सांसद पुनले नो भोटको व्यवस्थाका बारेमा कानुनी प्रश्न पनि राखे । ‘तपाईंले नो भोटको कुरा गर्नुभयो, यदि कुनै निर्वाचन क्षेत्रमा ५१ प्रतिशतभन्दा बढी मतदाताले कसैलाई पनि मत दिन्न भनेर भोट हाले भने के गर्ने ? के त्यहाँ फेरि मतदान गर्ने योजना छ ? यसको कानुनी र व्यावहारिक समाधान के हुन्छ ?,’ पुनले प्रश्न गरे ।
पुनले विदेशमा रहेका नेपालीलाई सङ्घीय निर्वाचनमा मात्र नभई तल्लो तहसम्मै जोड्नुपर्ने धारणा राखे । उनले भने, ‘प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने वातावरण निर्माण गर्न सकिन्छ कि सकिँदैन ? यसका लागि आयोगको तयारी कस्तो हुनुपर्छ ?’
निर्वाचन आयोगलाई पुरानो कार्यशैलीबाट मुक्त गरी आधुनिक र छिटो छरितो बनाउनु प्रस्तावित आयुक्तहरूका लागि ठुलो चुनौती रहेको उनले बताए ।
‘आयोगलाई संरचनात्मक र प्राविधिक रूपमा आधुनिक बनाउने तपाईंसँग के ठोस योजना छ,’ पुनले सोधे ।
लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएकाले यसलाई पूर्णतः निष्पक्ष र विश्वसनीय बनाउन आयोगले दलहरूको प्रभावभन्दा बाहिर निस्केर काम गर्नुपर्नेमा पुनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनमा फेरि युद्धको जोखिम बढ्दै, हुथी विद्रोहीका लागि किन फरक हुन सक्छ यो पटकको संघर्ष ?
-
प्रस्तावित निर्वाचन आयुक्त सुब्बालाई सभापति श्रेष्ठको प्रश्न, ‘तपाईंको बिदाइको भाषण कस्तो होला?’
-
नेपाल केरामा आत्मनिर्भर उन्मुख
-
सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू
-
कांग्रेस नेता गोपालमान श्रेष्ठ रहेनन्
-
लघुवित्त पीडितको बालुवाटारमा प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण