सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।
- राप्रपाले सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न आम जनसमुदायलाई अपिल गरेको छ ।
- पार्टीले मृतकका परिवारलाई राहत, क्षतिपूर्ति र न्याय तथा घाइतेहरूको निःशुल्क उपचारको माग गरेको छ ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाले चिन्तित र मर्माहत बनाएको बताएको छ ।
साथै राप्रपाले उक्त घटनालाई लिएर भइरहेका प्रदर्शनप्रति चासो व्यक्त गर्दै सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न आम जनसमुदायलाई अपिल गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्गलबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न तथा घाइतेहरूको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग जोडदार माग समेत गरेका छन् ।
साथै अध्यक्ष लिङ्देनले घटनाको सत्य तथ्य, निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गबाट छानबिन गरी कानुन विपरीत हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सद्भाव बिथोल्ने जुनसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् ।
‘दण्डहीनताको संस्कृतिले यस्ता घटनालाई थप प्रोत्साहन गर्ने भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन’, अध्यक्ष लिङ्देनको भनाइ छ ।
राप्रपाले धार्मिक संवेदनशीलतामाथि प्रहार भइरहेको यस्ता घटनाको कारण, पृष्ठभूमि, योजनाबद्ध पक्ष, सुरक्षा व्यवस्थाका कमजोरी तथा प्रशासनिक उत्तरदायित्वसमेतको गहिरो अध्ययन गरी समस्याको जरासम्म पुगेर दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह समेत गरेको छ।
‘पटक पटक दोहोरिरहेको यस्ता घटनालाई सधैँको लागि अन्त्य गर्न सर्वपक्षीय समिति बनाइ सरकारले तत्काल संवादको थालनी गरोस् र आगामी दिनमा यसप्रकारका घटना नहुने सुनिश्चितता प्रदान गरोस् भन्ने राप्रपाको धारणा रहेको छ’, लिङ्देनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक नेपालीले आफ्नो धर्म, संस्कृति र परम्पराको अभ्यास संविधान र कानुनले सुनिश्चित गरेको अधिकारभित्र रही निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्दछ। तर, शृङ्खलाबद्ध हिंसात्मक घटनाप्रति राज्यको उदासीनताका कारण देश द्वन्द्व उन्मुख हुने सम्भावनाले हामीलाई अति चिन्तित तुल्याएको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल केरामा आत्मनिर्भर उन्मुख
-
सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू
-
कांग्रेस नेता गोपालमान श्रेष्ठ रहेनन्
-
लघुवित्त पीडितको बालुवाटारमा प्रदर्शन, तस्बिरहरू
-
सुख्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पुनः दुईतर्फी अवरुद्ध
-
वनकर्मीमाथि भएको आक्रमणका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण