शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
सारांश
- नेपाल शिक्षक महासङ्घले शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए र ट्रेड युनियन अधिकारमा हस्तक्षेप भए आन्दोलन गर्ने चेतावनी दिएको छ।
- आगामी साउन १६ र १७ गते काठमाडौँमा हुने परिषद्को बैठकबाट सशक्त आन्दोलनको घोषणा गरिने र शिक्षक तथा कर्मचारीलाई तयार रहन अपिल गरिएको छ।
- प्रोत्साहन भत्ता, बालविकास शिक्षक, सिकाइ अनुदान, अस्थायी/राहत शिक्षकका सेवा सुविधा, पेसागत स्थायित्व, प्राविधिक ग्रेड, निवृत्तिभरण र स्थानीय भत्ता उपलब्ध नगराएको भन्दै महासङ्घले सरकारको ध्यानाकर्षण गराएको छ।
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षक तथा विद्यालय कर्मचारीका मागहरू सम्बोधन नगरिएको र ट्रेड युनियन अधिकारमा कुण्ठा लगाइएको भन्दै आन्दोलनको चेतावनी दिएको छ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले साेमबार विज्ञप्ति जारी गर्दै शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधनमा सरकार संवेदनशील नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
आगामी साउन १६ र १७ गते काठमाडौँमा आयोजना हुने तेस्रो राष्ट्रिय परिषद्को बैठकबाट नयाँ शिराबाट सशक्त आन्दोलनको घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ । महासङ्घले आफ्ना सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई आन्दोलनका लागि तयार रहन अपिल समेत गरेको छ ।
महासङ्घले बजेट वक्तव्यमा उल्लेख भएतापनि महालेखा नियन्त्रक कार्यालयको परिपत्र र कार्यक्रम कार्यान्वयन पुस्तिकाका कारण प्रोत्साहन भत्ता पाउने विषयमा शङ्का पैदा भएको भन्दै मन्त्रालयसँग तत्काल आधिकारिक वक्तव्य र तलबमान जारी गर्न माग गरेको छ।
यसैगरी विद्यालय कर्मचारी, बालविकास शिक्षक, सिकाइ अनुदानका शिक्षक तथा अस्थायी/राहत शिक्षकका सेवा सुविधा, पेसागत स्थायित्व, प्राविधिक ग्रेड र निवृत्तिभरणका विषयमा सरकार निरन्तर अनुदार बनेको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा घोषणा गरिएको स्थानीय भत्ता समेत उपलब्ध नगराएर राज्यले शिक्षकहरूप्रति अविश्वास सिर्जना गरेको आरोप महासङ्घले लगाएको छ ।
भर्खरै जारी भएको नियमावलीले नयाँ शिक्षण पेसामा प्रवेश गरेका युवा शिक्षकहरूलाई तीन वर्षसम्म सरुवामा बन्देज लगाएर चरम अन्याय गरेको र शिक्षक–कर्मचारीको संविधान प्रदत्त ट्रेड युनियन अधिकार सङ्कुचित बनाउन खोजेको महासङ्घको दाबी छ ।
अदालतका फैसला कार्यान्वयनमा सरकारले आलटाल गरेको तथा संस्थागत (निजी) विद्यालयका शिक्षकका मागहरूप्रति संवेदनशील नभएको भन्दै महासङ्घले सरुवा बन्देज विरुद्ध आन्दोलित शिक्षकहरूका मागप्रति ऐक्यबद्धता जनाएको छ ।
साथै, विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन र आफ्ना मागहरू पूरा गराउन निर्णायक आन्दोलनको खाका तय गरिने विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन
-
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
-
यमनमा फेरि युद्धको जोखिम बढ्दै, हुथी विद्रोहीका लागि किन फरक हुन सक्छ यो पटकको संघर्ष ?
-
प्रस्तावित निर्वाचन आयुक्त सुब्बालाई सभापति श्रेष्ठको प्रश्न, ‘तपाईंको बिदाइको भाषण कस्तो होला?’
-
नेपाल केरामा आत्मनिर्भर उन्मुख
-
सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण