‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
सारांश
- वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिने भएको छ।
- नेपाली भाषा-साहित्य, शिक्षा, कला एवम् समावेशी संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत दुवैलाई संयुक्त रुपमा पुरस्कार अर्पण गर्ने निर्णय गरिएको हो।
- ताम्रपत्रसहित प्रस्तुत पुरस्कारको राशि संयुक्त रुपमा एक लाख पचास हजार रहेको छ र आगामी श्रावण २५ गते काठमाडौँमा विशेष समारोहमा अर्पण गरिनेछ।
काठमाडौँ । स्वर्गीय वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई प्रदान गरिने भएको छ।
दाहाल यज्ञनिधि सुधा सदनको यही श्रावण ९ गते बसेको कार्यसमिति बैठकले नेपाली भाषा-साहित्य, शिक्षा, कला एवम् समावेशी संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत संयुक्त रुपमा पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।
सदनकी अध्यक्ष सुधा दाहालका अनुसार भारतको मणिपुरमा रहेर शिक्षण पेशासँगै नेपाली भाषा, साहित्य र पाठ्यक्रम निर्माणमा निरन्तर समर्पित साहित्यकार भवानी अधिकारी तथा नेपाली सिनेमामा मौलिक सौन्दर्यशास्त्रको निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पुर्याएका निर्देशक नवीन सुब्बालाई सम्मान गर्न लागिएको हो। ताम्रपत्रसहित प्रस्तुत पुरस्कारको राशि संयुक्त रुपमा एक लाख पचास हजार रहेको छ।
उक्त पुरस्कार आगामी श्रावण २५ गते सोमबारका दिन काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिने विशेष समारोहमा अर्पण गरिने सदनले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीको दाबीमा ऊर्जामन्त्रीको जवाफ : २० होइन, ऊर्जामा पहिलो सल्लाहकार नियुक्त !
-
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा, सावधानीपूर्वक सवारी चलाउन आग्रह
-
आयुक्तहरूको कार्ययोजना : प्रविधि र विदेशमा मतदानको एजेन्डा, सांसदका प्रश्न– कसरी पत्याउने ?
-
नेपालको अबको साझा एजेन्डा लगानी मात्रै हो : अर्थमन्त्री
-
कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक
-
कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण