जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
सारांश
- जापानको दक्षिणी क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
- भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले करिब १ मिटर अग्ला सुनामीका छाल आउन सक्ने चेतावनी जारी गरेको छ ।
- जापान र चीनमा भूकम्प गए पनि तत्काल ठूलो मानवीय वा भौतिक क्षतिको पुष्टि भएको छैन ।
टोकियो । जापानको दक्षिणी क्युशु क्षेत्रमा मंगलबार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले करिब १ मिटर अग्ला सुनामीका छाल आउन सक्ने चेतावनी जारी गर्दै सर्वसाधारणलाई समुद्र र तटीय क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।
भूकम्पको केन्द्र दक्षिणी कुमामोतो प्रान्त आसपास रहेको जनाइएको छ । त्यसपछि सरकारले कुमामोतो, नागासाकी, कागोशिमा, फुकुओका, सागा, ओइता र मियाजाकी प्रान्तका लागि आपत्कालीन भूकम्प चेतावनी जारी गरेको छ ।
अधिकारीहरूले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा जान र सरकारी निर्देशन पालना गर्न आग्रह गरेका छन् । भूकम्पपछि क्युशु इलेक्ट्रिक पावरले सेंदाइ र जेनकाइ आणविक विद्युत् केन्द्रमा कुनै असामान्य अवस्था वा क्षति नदेखिएको जनाएको छ । यस्तै, जेआर क्युशुले सुरक्षालाई ध्यानमा राख्दै आफ्ना रेल सेवाहरू अस्थायी रूपमा स्थगित गरेको छ । यसमा उच्चगतिको शिन्कान्सेन बुलेट रेल सेवा पनि समावेश छ ।
जापान विश्वका सबैभन्दा बढी भूकम्प प्रभावित मुलुकमध्ये एक हो । यो देश प्रशान्त महासागर वरिपरि फैलिएको रिङ अफ फायर क्षेत्रमा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प जाने गर्छ । विश्वभर हुने वा सोभन्दा बढी म्याग्निच्यूडका करिब २० प्रतिशत भूकम्प जापानमै हुने अनुमान गरिएको छ ।
यसैबीच, चीनको छिङहाई प्रान्तमा पनि मंगलबार बिहान करिब २० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका छन् । अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार पहिलो भूकम्प ५ दशमलव ७ म्याग्निच्युड र दोस्रो ५ दशमलव ८ म्याग्निच्युडको थियो । दुवै भूकम्प जमिनको करिब १० किलोमिटर गहिराइमा केन्द्रित थिए ।
चीनमा ती भूकम्पबाट तत्काल मानवीय क्षति भएको कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन । उता जापानमा पनि समाचार तयार पार्दासम्म ठूलो मानवीय वा भौतिक क्षतिको पुष्टि भएको छैन । स्थानीय अधिकारीहरूले स्थिति निरन्तर निगरानी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनमा फेरि युद्धको जोखिम बढ्दै, हुथी विद्रोहीका लागि किन फरक हुन सक्छ यो पटकको संघर्ष ?
-
प्रस्तावित निर्वाचन आयुक्त सुब्बालाई सभापति श्रेष्ठको प्रश्न, ‘तपाईंको बिदाइको भाषण कस्तो होला?’
-
नेपाल केरामा आत्मनिर्भर उन्मुख
-
सुनसरीमा प्रदर्शन नरोकिएपछि महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रमा कर्फ्यू
-
कांग्रेस नेता गोपालमान श्रेष्ठ रहेनन्
-
लघुवित्त पीडितको बालुवाटारमा प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण