नेपाल रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

काठमाडौं । नेपाल रेमिट इन्टर्नेशनलले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविध दिन सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।
यो व्यवस्थासँगै नेपाल रेमिटका सानो मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणाली मार्पmत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिनेछ भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आइपीएसमार्पmत तोकिएको समय सीमामा माध्यम र ठूलो मुल्यका भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।
यस आबद्धतासँगै नेपाल रेमिटको बैंक खातामा आधारित रेमिटेन्स भुक्तानी सम्बन्धी सेवा प्रवाहमा उलेख्य सुधार आउने विश्वास गरिएको छ ।
विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मार्फत हाल उपलब्ध कनेक्ट आइपीएस ई–पेमेन्ट र एनसीएचएल–आइपीएसको सञ्जालमा क्रमश ५६ र ६४ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
-
वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकास : परराष्ट्रमन्त्री
-
'नर्कभन्दा पनि खत्तम भयो गाजाको अवस्था'
-
‘जन्ते बाख्रो’बाट फर्किएका आशिफ भन्छन् – मेरो क्यारेक्टरजस्तै छ फिल्म
-
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
-
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश