नेपाल रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध
काठमाडौं । नेपाल रेमिट इन्टर्नेशनलले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविध दिन सदस्यको रुपमा नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ ।
यो व्यवस्थासँगै नेपाल रेमिटका सानो मुल्यका भुक्तानी कारोबारहरु कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणाली मार्पmत रियल टाइममा तुरुन्तै भुक्तानी गर्न सकिनेछ भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल–आइपीएसमार्पmत तोकिएको समय सीमामा माध्यम र ठूलो मुल्यका भुक्तानी कारोबारहरु गर्न सकिनेछ ।
यस आबद्धतासँगै नेपाल रेमिटको बैंक खातामा आधारित रेमिटेन्स भुक्तानी सम्बन्धी सेवा प्रवाहमा उलेख्य सुधार आउने विश्वास गरिएको छ ।
विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको NPI मार्फत हाल उपलब्ध कनेक्ट आइपीएस ई–पेमेन्ट र एनसीएचएल–आइपीएसको सञ्जालमा क्रमश ५६ र ६४ सदस्य बैंक तथा वित्तिय संस्थाहरु आबद्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण